Logo

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ओखलढुंगा जिल्ला कार्यसमितिको पाँचौ अधिवेशन भव्य रूपमा सम्पन्न



काठमाडौं, २७ मंसिर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति ओखलढुंगाको दशौं साधारणसभा तथा पाचौं अधिवेशन सम्पन्न भएको छ । गत शनिबार ओखलढुंगाको चम्पादेवी गाउँपालिका पलापुमा सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रीय उपमहासचिव गायक शिव हमालको प्रमुख आतिथ्यमा केन्द्रका विष्णु घिमिरे, गायिका पूर्णकला बिसीलगायतको उपस्थिति थियो । गायक बालकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । यसअघि सपना सोनाम अध्यक्ष थिईन् ।

हाल २१ सदस्य रहेको उक्त समितिमा ४ जना सदस्य पछि मनोनयन गर्ने अधिकार कार्यसमितिलाई दिईएको छ । अधिवेशनको उद्घाटन शत्रमा प्रदेश १ का प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवार, पूर्व सांसद यज्ञराज सुनुवार, एमाले नेता ज्ञानबहादुर खड्कालगायत विभिन्न दलका स्थानीय प्रतिनिधि, नेता तथा कार्यकर्ताहरु, विभिन्न संघ तथा संस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीहरु, कलाकार, बुद्धिजिवीहरुको उपस्थिति रहेको संस्थाका प्रवक्ता अर्जुन घिमिरेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्