काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा नवनिर्वाचित सांसद गगनकुमार थापाले ऐन, नियम र कानून बनाउने बेलामा सबै दल एकमत हुनुपर्नेमा जोड दिएका छन् । आज (मंगलबार) लैंगिक नीतिसम्बन्धी यूनेस्कोको वर्कशपमा बोल्दै यस्तो बताएका हुन् ।
थापाले भने,‘संसदभित्र हामी कतिपय सन्दर्भमा राजनीतिक दलका हिसाबले विभाजित हुन्छौँ। तर, ऐन, नियम बनाउने क्रममा विभाजित हुनु हुँदैन। र हुँदैनौँ पनि ।’
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपला डटकम