काठमाडौं, मंसिर २८ । न्यूजिल्याण्डमा सन् २००८ पछि जन्मिएकाहरुलाई सुर्तीजन्य पदार्थको खरीद बिक्री र प्रयोगमा पूर्ण प्रतिवन्ध लगाउने गरी कानून पारित गरेको छ ।
त्यहाँको संसदले मुलुकलाई सुर्तीजन्य पदार्थ मुक्त बनाउने गरि कानून निर्माण गरेको हो । अर्को वर्ष देखि चुरोट लगायत सुर्तिजन्य पदार्थहरुको प्रयोग क्रमश घटाउदै लगेर शून्यमा पुर्याउने लक्ष्य कानूनले लिएको छ ।
हाल पारित भएको कानूनअनुसार सन् २०५० मा चुरोटको प्रयोग गर्न पाउने कान्छो पुस्ता भनेको ४० वर्ष उमेरको हुनेछ ।