Logo

जनमत पार्टीका नेता शर्माको पसल आगलागी गरिएको भन्दै नेता झाको निन्दा, दोषीलाई कारबाहीको माग



काठमाडौं, २ पुष । जनमत पार्टीका प्रभावशाली युवा नेता डा. प्रसन्नकुमार झाले आफ्नो पार्टीका नेता रामचन्द्र शर्माको पसल आगलागी गरिएको भन्दै घट्नाको निन्दा गरेका छन् । उनले शर्माको रोजीरोटीको एकमात्र सहाराको रुपमा रहेको पसल गएराति अज्ञात समूहले आगलागी गरेको भन्दै निन्दा गरेका छन् ।

शर्माको पसल नगराईन नगरपालिका वडा नम्बर ७ देवदिहामा रहेको थियो । अज्ञात समूहको आगलागीबाट उक्त पसल पूर्ण रुपमा नष्ट भएको छ । शर्माले नगराईन नगरपालिकाको बेथितिविरुद्ध आवाज उठाउँदै आएको र आन्दोलनमा सक्रिय भएका थिए ।

उक्त घट्नाको प्रशासनबाट अविलम्ब छानबिन हुनुपर्ने पनि झाको माग छ । सामाजिक सञ्जालमार्फत नेता झाले दोषीलाई कारबाहीको माग र पीडित शर्मालाई उचित क्षतिपूर्ति दिनपनि प्रदेश सरकारसमक्ष माग गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्