काठमाडौं, ४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा पार्टी सभापति रवि लामिछाने चयन भएका छन् । आज (सोमबार) बसेको बैठकले सभापति लामिछानेलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । उक्त दल संसद्मा चौथो ठूलो दल बनेको छ ।
उसले प्रत्यक्षमा ७ र समानुपातिकतर्फ १३ सिट गरी कुल २० सिट जितेको छ । लामिछानेले यो बीचमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरिसकेका छन् ।
उनले आवश्यक पर्यो भने पार्टी सरकारमा सहभागी हुन तयार रहेको सन्देश दिएका छन् । तर, आफूहरुलाई अहिले सरकारमा जाने जनमत प्राप्त नभएकोले प्रतिपक्षमै बस्ने उनको जवाफ हुने गरेको छ । file photo