काठमाडौं, ४ पुष । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रम आयोजना गरेको छ । आयोगले आज (सोमबार) आयोग परिसरमै जलपान कार्यक्रमको आयोजना गरेको हुन् ।
आयोग परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभा अध्यक्ष, राजनीतिक दलका शीर्ष नेता, सुरक्षा निकायका प्रमुख, कूटनीतिक क्षेत्रका प्रतिनिधिलगायत सहभागी थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम