Logo

सिंहदरबारबाट बाहिरिदै गगनले भने-‘देउवाले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन’ (तस्विरहरु)



काठमाडौं, पुस ६ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदीय दलको चुनावमा पाएको मत अपेक्षाकृत नभएको बताएका छन् ।

संसदीय दलको चुनावको मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिदै अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन आग्रह गरेका छन् ।

उनले भने, ‘यो मेरो लागि अपेक्षाकृत होइन । तर, म यो परिणामबाट निराश हुन्न । थप मिहिनेत गर्छु । संसदीय दलको नेता परिवर्तन हुनुपर्छ भन्ने कुरा निरन्तर लगिराख्छु । कुनै एउटा समय आउँछ बहुसंख्यक साथीहरूले यसलाई महसुस गर्नुहुन्छ । त्यो बेलामा सुखद परिणामको आउँन्छ ।’

उनले पार्टीमा संस्थागत रुपमा छलफल नगरी राष्ट्रपति पद तथा प्रधानमन्त्रीमा आलोपालोबारे निर्णय नगर्न सचेत गराएका छन् ।

उनले थपे ‘कुनै पनि अर्को पार्टीसँग सरकार चलाउने सन्दर्भमा आलोपालो गर्ने भनेर कुनै समझदारी गर्छ भने संस्थागत रुपमा भएको छ भने कांग्रेसले बोक्छ । होइन योभन्दा अगाडिका समयहरुमा जस्ता आलोपालो गर्ने बन्द कोठामा नेताहरु बसेर गर्नुहुन्छ भने त्यसलाई नेपाली कांग्रेसले बोक्दैन । भोलि नेपाली कांग्रेसले धोका दियो भन्न पाउनु हुन्न ।’

फोटोः मुकुन्द कालिकोटे रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्