काठमाडौँ, ६ पुष । बालबालिकाहरुले अत्यधिक रुचाउने कार्टुन सिरिज अब नेपालीमा हेर्न पाउने भएका छन्। नेपाली बालबालिकाहरुले हिन्दी र अंग्रेजी भाषाको कार्टुनहरु धेरै हेर्ने गरेका छन्।
अब नेपाली भाषामा नै नेपालको अर्गानिक कार्टुन ‘यीनी र मिनि’ हेर्न पाउने भएका छन्। नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) मा माघको दोस्रो साताबाट प्रशारणमा आउने कार्टुन सिरीज ‘यीनी र मिनि’ले कार्टुन हेर्ने दर्शकलाई थप मनोरञ्जन प्रदान गर्नेछ।
डीएआर मुभिजको निर्माणमा बनिरहेको कार्टुन यिनी मिनीसंगै अन्य ३ वटा एनिमेटेड शो नेपाल नेटवर्क टेलिभिजनमार्फत प्रशारण गर्ने तयारी रहेको डीएआर मुभिजका संचालक सदस्य श्याम धितालले जानकारी दिए।