झापा, पुस ७ । झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाले ज्यान गुमाएका छन् । सोही अवधिमा १६ वटा हात्तीसमेत मरेका छन् ।
जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ रैथाने र भारतबाट आउने जंगली हात्तीको आक्रमणबाट उनीहरूको मत्यु भएको हो ।
जंगलमा निगुरो टिप्ने, घाँस, दाउरा र कतिपयको रातको समय हात्तीले घरमै आक्रमणबाट गर्दा ज्यान गएको डिभिजन वन कार्यालय प्रमुख जीवनप्रसाद पाठकले जानकारी दिए । राजधानी दैनिकबाट