Logo

यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं, पुस ७ । नेपालको पुर्वी भु–भागमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण देशभर चिसो बढेको छ ।

हाल तराईका थोरै भू–भागमा हुस्सुरकुहिरो रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सुरकुहिरो रहेको छ।

दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। आज राती प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ।



प्रतिक्रिया दिनुहोस्