काठमाडौं, ७ पुष । नेपाली कांग्रेसका नवनिर्वाचित सांसद डा.शेखर कोइरालाले अब बन्ने सरकारको नेतृत्व आफ्नो दलले गर्ने बताएका छन् । शपथको लागि संसद् भवन नयाँ बानेश्वर पुगेका कोइरालाले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा यस्तो बताएका हुन् ।
उनले अबको नयाँ प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेस पार्टीबाट नै बन्ने पनि दाबी गरे । नयाँ सरकार गठनको लागि गठबन्धनमा गृहकार्य चलिरहेको बेलामा कोइरालाले यस्तो दाबी गरेका हुन् । नयाँ सरकारको नेतृत्वमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि दाबी गरेका छन् ।
उता, संसद् भवनमै माओवादी केन्द्रका सांसद तथा अर्थमन्त्री जनार्दन शर्माले भने अबको सरकारको नेतृत्व आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गर्ने बताए । उनले राष्ट्रपतिको लागि माधव नेपाल र रामचन्द्र पौडेलमध्ये एक बन्ने पनि आफ्नो राय राखेका थिए ।
Photo By: Mukunda Kalikote/ReportersNepal