काठमाडौं, ८ पुष । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ । देउवा भेट्न प्रचण्ड भर्खरै बालुवाटार पुगेका हुन् ।
उनीहरुबीच नयाँ सरकारको गठनबारे छलफल केन्द्रित छ । सरकारको नेतृत्व पहिलो चरणमा आफूले गर्न पाउनुपर्ने प्रचण्डको दाबी छ । तर, देउवाले दाहालको प्रस्तावबारे सकारात्मक जवाफ दिएका छैनन् ।
कांग्रेस नेताहरुले देउवालाई कुनैपनि हालतमा नयाँ सरकारको नेतृत्व पहिलो चरणमा दाहाललाई नछोड्न दबाब दिएका छन् । प्रचण्ड भने आज देउवासँग वारपार गर्न बालुवाटार पुगेका छन् ।