Logo

गोठ सुधार गरेर कोरली गाईको पर्खाइमा किसान



सिन्धुली, पुस ९ । सिन्धुलीको कमलामाई नगरपालिका–५, दमारका किसान शर्मिला सार्कीले उन्नत जातको होलिस्टिन गाई पाल्न आफ्नो गोठ सुधार गरी चिटिक्क पारेकी छन् ।

गत वर्ष कमलामाई नगरपालिका र हेफर इन्टरनेसनलबीच ‘मिल्की परियोजना’ सञ्चालन गर्न भएको सम्झौताअन्तर्गत उनले निःशुल्क रूपमा होलिस्टिन जातको एउटा कोरली बाच्छी आइतबार प्राप्त गर्दैछिन् । उन्नत जातको गाई पाउने भएपछि उनले पाल्दै आएको भैँसी बेचेर गोठ खाली गरिसकेकी छन् ।

शर्मिला सार्कीले भनिन्, “नगरपालिकाले दिएको ५० हजार रुपैयाँ र सिन्धुली जिल्लामा हेफर परियोजना सञ्चालन गर्ने सिड्स नेपालले दिएको ५० हजार रुपैैयाँबाट केही महिनाअघि मात्रै गोठ सुधार गरी आधुनिक बनाएको छु । उन्नत जातको गाईबाट बढी फाइदा हुने देखेर पाल्दै आएको भैँसी बेचेर गोठ खाली गरेको हुँ ।”

कमलामाई नगरपालिका–५ को दमार, राजपानी, गैयाटारमा गत वर्ष हेफरले विपन्न १०९ जना किसानलाई समेटेर समूह बनाएको थियो । त्यही समूहका ५० जना किसानलाई अहिले दक्षिण कोरियाबाट जहाजमार्फत उन्नत जातको होलिस्टिन गाईको बाच्छी ल्याएर आइतबार निःशु

ल्क वितरण गर्न लागिएको हो ।

कमलामाई नगरपालिकाका पशु शाखाका चिकित्सक डा रोशन कोइरालाले कमलामाईका ५० जना किसानलाई वितरण गर्न ८१ वटा बाच्छी हेफर इन्टरनेसनल नेपाल उपलब्ध गराउने बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्