काठमाडौं, पुस ९ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न एकाविहानै कोटेश्वर पुगेका छन्।
सरकार गठनबारे छलफल जारी रहेका बेला दाहाल नेपाललाई भेट्न उनकै निवासमा पुगेका हुन् । शुक्रबार साँझ टिचिङ अस्पतालबाट डिस्चार्ज भएर निवास फर्किएका नेपाल र दाहालबीच वान टु वान छलफल भएको स्रोतले जनाएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका दुई शीर्ष नेताहरुबीच करिब आधा घन्टा छलफल भएको छ । आजै दाहाल र नेपाली काँग्रेसका संसदीय दलका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकार गठनबारे छलफल हुँदैछ । दाहालले आफ्नै नेतृत्वमा सरकार गठन गर्न कसरत गरिरहेको अवस्थामा नेपालसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।