काठमाडौं, पुस १०। बुध्द एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । आइतबार बिहान बस्नेतको निधान भएको हो । भोजपुरको दिंगलामा जन्मिएका कार्यकारी अध्यक्ष बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए, एलएलबी अध्ययन गरि नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदाय भूमिका निभाएका थिए ।
सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए । उनले विभिन्न समस्या छानबिन तथा निरुपणका लागि आयोगहरूमा रहेरसमेत सेवा प्रदान गरेका थिए ।
७० वर्षको उमेरमा बुध्द एयर स्थापना गरेर नेपाल र नेपालीलाई हवाई सेवामार्फत जोड्ने कार्यको सुरुआत गरेका उनले हवाई उडानलाई सहज र सरल बनाई आम सर्वसाधारणका लागि खुला गर्ने श्रेय जान्छ ।