काठमाडौं, पुस १० । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
केहिबेरमा सुरु हुने सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित राख्न कांग्रेस शीर्ष नेताहरु विहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् ।
सरकारको पहिलो चरणको नेतृत्व लिन कांग्रेस र माओवादीले आ–आफ्नो दाबी गर्दै आएका छन् । देउवा र प्रचण्डमध्ये पहिले को प्रधानमन्त्री हुने भन्ने विषयमा एकमत हुने विषयमा आजको गठबन्धनको बैठक केन्द्रित रहनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ५ बजेभित्र बहुमतसहित सरकारका नेतृत्वमा दाबी प्रस्तुत गर्न दलहरुलाई समयसीमा भित्रै सहमति जुटाउने प्रयासमा नेताहरु सक्रिय छन् ।