Logo

सरकार निर्माणको लागि बालकोटमा १५६ संख्या पुग्दै, चार दलको संयुक्त बैठक जारी



काठमाडौं, १० पुष । नेकपा (एमाले) ले सरकार निर्माणको लागि पहल थालेको छ । सत्ता गठबन्धनबाट माओवादी केन्द्र बाहिरिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि पहल थालेका छन् ।

अहिले प्रचण्ड बालकोटमा छन् । प्रचण्ड बालकोट पुग्नुअघि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपाका संघीय परिषद् अध्यक्ष अशोक राई र रास्वपाका सभापति रवि लामिछानेले ओलीसँग छलफल गरेका थिए । तीन नेतासँगको छलफलपछि प्रचण्ड मिसिएका छन् । सरकार गठनको लागि बहुमत पुर्याउन १३८ सांसद चाहिन्छ ।

बालकोट गठबन्धन बने उक्त गठबन्धनलाई १५६ संख्या पुग्ने देखिन्छ । प्रतिनिधिसभामा एमालेको ७८ संख्या छ । एमाले संसद्को दोस्रो ठूलो दल हो । नेकपा (माओवादी केन्द्र) ३२ सिटसहित तेस्रो दल हो । रवि लामिछानेको रास्वपाको २० सिट छ । रास्वपा संसदको चौथो ठूलो दल हो । राप्रपा १४ सिटसहित पाँचौ ठूलो द हो । र, जसपाको १२ सिटसहित छैटौं दल हो ।



प्रतिक्रिया दिनुहोस्