Logo

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता पनि बालकोट पुग्दै



काठमाडौं, १० पुष । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी केहीबेरमा बालकोट पुग्ने भएकी छिन् । अहिले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरिरहेकी श्रेष्ठ केहीबेरमा बालकोटमा पुग्ने जनाईएको छ। सरकार गठनको लागि बालकोटमा नयाँ गठबन्धनको गृहकार्य थालिएको छ । बालकोटमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगै रास्वपाका सभापति रवि लामिछानेपनि सहभागी छन् ।

यसअघि केहीबेर अघिमात्रै जनमत पार्टीका अध्यक्ष डा. सिके राउत बालकोट बैठकमा सरिक भएका छन् । बालकोटमा यसअघि एमाले, माओवादी केन्द्र, जसपा र रास्वपाको बैठक चलिरहेको थियो । उक्त बैठकस्थलबाटै प्रचण्डले राउतलाई फोन गरेका थिए । लगत्तै राउत बालकोट बैठकमा सहभागी भएका हुन् । अहिले राउतसहितको छलफल चलिरहेको छ । सत्ता गठबन्धन टुटेको घोषणा गरेर प्रचण्ड एमालेसँग वार्तामा छन् । एमालेले उनलाई प्रधानमन्त्री बनाउने वचन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्