Logo

जनसवाल राष्ट्रिय दैनिकका सम्पादक बगाले सम्मानित



काठमाडौं, पुस ११ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारले आफ्नो २० औं स्थापना दिवसका अवसरमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेलाई बिशेष सम्मान गरेको छ ।

गैर आवासीय नेपाली संघको स्थापना देखी नै यस क्षेत्रमा कलम चलाउदै आएका बगालेले यस अभियानमा गरेको योगदानको कदर गर्दै एनआरएनए कतारले २० औं स्थापना दिवसमा दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरेको हो ।

नेपाली राजदुतावास कतारका राजदूत डा नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता,एनआरएनए आईसिसिका उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यस्मीन बेगम सैयद,सचिव प्रविन गुरुङ,सहकोषाध्यक्ष होमनाथ शर्मा,मध्यपुर्व संयोजक मनोज कुमार श्रेष्ठ,राजेन्द्र अर्यालको विशेष आतिथ्यता तथा संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्वमा संपन्न कार्यक्रममा बगालेलाई उक्त सम्मान गरिएको हो ।


उक्त कार्यक्रममा जनसवाल रास्ट्रीय दैनिकका संपादक बगालेसहित एनआरएनए आईसिसि पदाधिकारीहरु उपाध्यक्ष आरके शर्मा,नरेन्द्र भाट,युवा उपाध्यक्ष राज रेग्मी,महिला उपाध्यक्ष यस्मीन वेगम सैयद,सचिव प्रविन गुरूङ,सहकोषाध्यक्ष होमनाथ शर्मा,मध्यपुर्व संयोजक मनोज कुमार श्रेस्ठुगोर्खालीु,राजेन्द्र अर्याल,पुर्व उपाध्यक्ष देवकाजी डंगोल,सागर नेपाल,अभियन्ता राजु सैयद,शनि कुमार ओली,चानक पोखरेल,बिमल सुवेदी,मोहम्मद अजिज अली,रामहरी गैरे, केबि हमाल,नरेश श्रेष्ठ,कुमार खड्का,क्रान्ती सिंह,डा।नितेश अर्याल,माया केसी,नेपाली ब्यावसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लागाई लगाएतलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

सम्मानित बगालेले एनआरएनए एनसिसि कतारको उल्लेखनीय कार्यको खुलेर प्रंशसा गर्दै अध्यक्ष मुक्तदालगाएत सिंगो कार्यसमितीलाई धन्यवाद ब्यक्त गरे । उनले यो सम्मानले आफुलाई यस क्षेत्रमा कलम चलाउन थप उत्प्रेरणा मिलेको बताए । सन २००३ डिसेम्बर ११ तारिकका दिन कतारमा विश्वमै दोस्रो एनसीसीको रूपमा एनआरएनए कतारको स्थापना भएको थियो । कतारमा चलेको फिफा विश्वकपका कारण डिसेम्बरको दोस्रो साता मनाइने स्थापना दिवस केही दिन पर सारेर शुक्रबार मनाइएको अध्यक्ष मुक्तदाले बताए ।

स्थापना दिवसको अवसर पारेर पहिलो पटक परिषद सदस्य,एनआरएनए कतारका संस्थापक, आइसीसीका पदाधिकारी एवं सदस्यहरू, स्थापनाकालदेखिका सम्पूर्ण अध्यक्षहरू लगायत प्रमुख सल्लाहकार, सल्लाहकार, पदाधिकारी एवं सदस्यहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको अध्यक्ष मुक्तदाले बताए ।

 



प्रतिक्रिया दिनुहोस्