काठमाडौं, पुस ११ । प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सरकारमा सहभागी हुनेबारे छलफल गर्न कारागारमै बैठक बोलाएका छन्।
पार्टीका शीर्ष नेताहरूलाई छलफल गर्न चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहितका शीर्ष नेतालाई डिल्लीबजारस्थित कारागारमै छलफलका लागि बोलाएका हुन्।