Logo

नागरिक उन्मुक्ति पार्टीपनि सरकारमा नजाने, माग पूरा गर्ने प्रधानमन्त्री प्रचण्डको आश्वासन



काठमाडौं, ११ पुष । प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई समर्थ नगरेको नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । आज (सोमबार) डिल्लीबजार कारागारमा पार्टीका संस्थापक रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिएपनि तत्काल सरकारमा नजाने निर्णय गरेको उक्त पार्टीे जनाएको छ । सो दलले सरकारमा सहभागी हुनको लागि केही शर्त राखेको छ । पहिले सरकारले रेशम चौधरीलगायतको रिहाइ गर्नुपर्ने माग राखेको छ ।

यस्तै, राजबन्दीहरुको रिहाई र झुठा मुद्दा फिर्ता लिनुपर्ने उसको माग छ । नवनियुक्त प्रधानमन्त्री दाहालले भने नागरिक उन्मुक्ति पार्टीले अघि सारेका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि राप्रपाले पनि सरकारमा सहभागी नहुने निर्णय गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्