Logo

प्रधानमन्त्री दाहालसँगै तीन जना उपप्रधानमन्त्रीले पनि लिए शपथ (फोटोफिचर)



काठमाडौं, ११ पुष । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनियताको शपथ लिएका छन् । उनी नेतृत्वको सरकारमा तीन जना उपप्रधानमन्त्री भएका छन् । सोमबार दाहालसँगै तीन उपप्रधानमन्त्रीहरुले पनि शपथ लिएका हुन् ।

नेकपा (एमाले) बाट विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको शपथ लिएका छन् । त्यस्तै, नेकपा (मओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठले उपप्रधानसहित भौतिक पूर्वाधारमन्त्रीको शपथ लिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रीको शपथ लिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्