Logo

जसपा सरकारमा जानेगरि गृहकार्यमा, दलको नेता चयन गर्दै



काठमाडौं, १२ पुष । जनता समाजवादी पार्टी सरकारमा सहभागी हुनेगरि छलफलमा जुटेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही दिनपछि आफ्नो दल सरकारमा सहभागी हुने जानकारी गराएका छन् । जसपाले अहिलेसम्म संसदीय दलको नेता चयन गर्न सकेको छैन् । दलको नेताका लागि संघीय परिषद् अध्यक्ष अशोक राईको नाम चर्चामा छ । सहमति हुँदा राईको नाम चर्चामा भएपनि निर्वाचन भए राजकिशोर यादव र नवलकिशोर साहमध्ये एकले बाजी मार्ने अर्को चर्चा चलेको छ ।

जसपाले आज साँझसम्म दलको नेता सर्वसम्मत् रुपमा चयन गर्न नसके भोलि चुनाव गरिने तयारी छ । सरकारमा सहभागिता जनाउने वा नजनाउने भन्ने विषयमा चाहीँ पुष १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले निर्णय गर्ने एक नेताले जनाए । जसपाबाट सरकारमा जान अशोक राई आँफै इच्छुक छन् । जसपाले तीन वटा मन्त्रालय मागेको बुझिएको छ ।

यदि तीन वटा मन्त्रालय पाए र दलको नेतामा चुनिए राइ आँफै सरकारमा जाने मुडमा छन् । राईको अलावा मन्त्री बन्नेमा सिरहा–४ बाट निर्वाचित डा. वीरेन्द्र प्रसाद महतोको पनि नाम चर्चामा छ । महतो मंसिर ४ गते सम्पन्न निर्वाचनमा जसपाबाट सर्वाधिक मतान्तरसहित निर्वाचित सांसद हुन् ।

 



प्रतिक्रिया दिनुहोस्