काठमाडौं, १३ पुष । प्रधानसेनापति प्रभुराम शर्मा प्रधानमन्त्री पुष्पकमल दाहाललाई शुभकामना दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । अहिले सिंहदरबारमा प्रधानमन्त्री दाहाल र प्रधानसेनापति शर्माबीच भेटवार्ता चलिरहेको छ ।
प्रधानमन्त्री दाहाल भने आफ्नो निजी निवास खुमलटारबाट भर्खरै सिंहदरबार प्रवेश गरेका हुन् । यसअघि उनले खुमलटारमा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सो भेटवार्तामा दुई नेताबीच सरकार विस्तार र सञ्चालनबारे छलफल गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम