Logo

नयाँ सरकारबाट व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास



काठमाडौँ,१४ पुष । देशभरका यातायात व्यवसायीको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ सरकारबाट देशभर व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको छ ।

महासङ्घको टोलीले आज नवनियुक्त उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ‘बधाई तथा शुभकामना’ दिँदै नयाँ सरकारले समग्र सार्वजनिक यातायात क्षेत्रको लगानीको संरक्षण गर्दै व्यवस्थित यातायात सेवा सञ्चालन हुने विश्वास लिएको हो ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नयाँ मन्त्रीको कार्यकालमा समयानुकुल व्यवस्थित यातायात सेवा सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। “नयाँ सरकारको पालामा यातायात व्यवसायीले देशभर नियमित र व्यवस्थित रुपले उपभोक्तामुखी सेवा दिन अभिप्रेरणा मिल्नेछ”, उनले भने । आगामी दिनमा महासङ्घ र मन्त्रालयबीचको सम्बन्ध प्रगाढ हुने विश्वाससमेत महासङ्घले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्