काठमाडौं, पुस १५ । बौद्धधर्मालम्वीहरुले आज नयाँ वर्ष अर्थात् तोला लोसार पर्व मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर यो पर्व मनाउने चलन रहेको छ।
तोला लोसार लाई विशेष गरी गुरुङ समुदाय तमु लोसारको नाम दिएर विशेष प्राथमिकताका साथ मनाउँदै आएका छन् । सरकारले समेत तमु लोसार भनी शुक्रवार सार्वजनिक बिदा दिएको छ । बुधवार देखिनै काठमाडौंको टुँडिखेल लगायत देशैभर तमु समुदायले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँन सुरु गररेका छन् ।
बौद्धधर्म अन्तर्गत महायानी सम्प्रदायमा सम्बोडा लिपिले समेटेको हिमाली भोटचन्द्र पात्रो (दतु) मा तिथि मिति परिवर्तन भई पुरानो वर्षलाई बिदा गरी नयाँ वर्ष मनाउनु नै लोसार पर्व मान्नु हो । ‘लो’ को अर्थ वर्ष र ‘सार’ को ‘अर्थ’ बाट ‘लोसार’ शब्दको उत्पत्ति भएको तथ्य छ ।
क्रमिक रूपमा १२ वटा वर्ष (लो) परिवर्तन हुँदा लोसार पनि सोही अन्तर्गत रहेर मनाउने गरिन्छ । बाँदर, चरा, कुकुर, सुँगुर, मुसा, गाई, बाघ, बिरालो, ड्रागन, सर्प, घोडा, भेडा गरी १२ वर्षमा एक पटक लो (वर्ष) परिवर्तन हुने बौद्धधर्मालम्वीहरुको विश्वास छ।