Logo

संकटमा सतिसालझैँ उभिएका नेता–कार्यकर्ताको भावनाविपरीत निर्णय हुँदैन–प्रदीप ज्ञवाली



 

काठमाडौं, १५ पुष । नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले पार्टीका नेता कार्यकर्ताको भावना विपरीत नेकपा (एकृकीत समाजवादी) सँग पार्टी एकता नहुने बताएका छन् ।
एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता हुने र माधव नेपाललाई एमालेले राष्ट्रपतिका रुपमा अघि बढाउने समाचार बाहिरिएसँगै ज्ञवालीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् बाहिर चलेको चर्चा र अनुमान अतिरञ्जना र हल्ला मात्रै भएकाले त्यसको पछि नलाग्न नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्।
अहिले चलिरहेको छलफल सरकारको दायरा विस्तारको लागि मात्र भएको उनको दावी छ ।

‘अहिले चलिरहेको छलफल सरकारको समर्थनको दायरा विस्तार गर्नमा सीमित छ । त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान,अतिरञ्जना र हल्ला मात्र हुन् । पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो । संकटका बेला सतिसालझैँ उभिएका कमरेडहरूको भावनाविपरीत कुनै निर्णय हुनेछैन । इतिहासका केही घटना यस्ता हुन्छन्, जसलाई बिर्सन सकिँदैन, बिर्सन हुँदैन,’ उनले फेसबुकमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्