काठमाडौं, १५ पुष । नेकपा माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा चार जना भन्दा बढीको दाबी परेको छ । दलको नेता चयनका लागि काठमाडौंमा प्रदेश कमिटीको बैठक जारी रहेको छ ।
छलफल विहानदेखि नै जारी रहेपनि कुनै निष्कर्षमा पुग्न नसकिएको र अब दलको नेता चयनका लागि निर्वाचन हुने सम्भावना बढेको बताइएको छ ।
दलको नेतामा सरल सहयात्री पौडेल, शालिकराम जम्मकट्टेल, युवराज दुलाल, राधिका तामाङ र युवराज चौलागाईं लगायतको दाबी रहेपनि मुख्य दावेदारको रुपमा पौडेल र जम्मकट्टेललाई लिइएको छ।
मुख्य दावेदारका रुपमा रहेका पौडेल र जम्मकट्टेल एकले अर्कालाई छाड्ने अवस्था नभएकाले निर्वाचन भएमा संसदीय दलको नेता बन्न ११ मत आवश्यक पर्छ। बागमती प्रदेशसभामा माओवादी केन्द्रले २१ सिट जितेको छ।