Logo

विश्वप्रकाश–गगनको संयुक्त अपिल : गम्भीर आत्मसमीक्षा गर्दै अबको बाटो तय गर्नुपर्छ (अपिलसहित)



काठमाडौं, १६ पुष । नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संसद्को ठूलो दल हुँदापनि प्रतिपक्षमा बस्नुपर्दा पार्टीमा गम्भीर असन्तुष्टि, आक्रोश र उदासी छाएको बताएका छन् । उनीहरुले अब बदलिएको कांग्रेस र बलियो कांग्रेसको लागि सुस्पष्ट खाका निर्माण गरिने पनि प्रतिबद्धता जनाएका छन् ।

महामन्त्रीद्धयले अहिलेको परिस्थितिको गम्भीर आत्मसमीक्षा र आत्ममूल्यांकन गर्दै अबको बाटो तय गरिने स्पष्ट पारेका छन् । आज (शनिबार) मेलमिलाप दिवसको शुभकामना दिँदै महामन्त्रीद्वयले अहिलेको परिस्थितिबारे आत्मसमीक्षा र आत्ममूल्यांकन हुनुपर्ने बताएका हुन्।

यस्तो छ उनीहरुको मेलमिलाप दिवसको शुभकामना :



प्रतिक्रिया दिनुहोस्