काठमाडौं, १६ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी बैठक सुरु भएको छ । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा सुरु भएको हो ।
बैठकमा गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समितिलगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै, मधेश प्रदेशको संसदीय दलको नेता चयनका बारेमा पनि छलफल हुने बताइएको छ । जसपाले संघीय सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागी हुने नहुने बारे औपचारिक निर्णय भइसकेको छैन । आजको बैठकले पार्टी सरकारमा सहभागी हुने वा नहुने बारे औपचारिक धारणा पनि बनाउने बताइएको छ ।