काठमाडौं, १८ पुष । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनको तयारी थालेको छ । एमाले सांसद खिमलाल भट्टराईले प्रतिनिधिसभाको निर्वाचन लड्न राजीनामा दिएपछि राष्ट्रियसभामा एक सिट रिक्त छ ।
अहिले आयोगले त्यसको लागि उपनिर्वाचन गर्ने तयारी गरेको हो । आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटवार्तामा आयोगका पदाधिकारीले सोबारे जानकारी गराएका हुन् ।
राष्ट्रियसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मतदाता भएकोले तत्काल उपनिर्वाचन गर्न लागिएको आयोगको पदाधिकारीको भनाई छ । सो क्रममा प्रधानमन्त्री दाहालले भने राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचनको तयारी थाल्न निर्देशन दिएका हुन् ।
Photo Source: PM Secretariat