काठमाडौं, १८ पुष । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको रिक्त रहेको एक पदमा आगामी माघ २५ गते निर्वाचन गर्न प्रस्ताव गरेको छ ।
आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहालसँगको आयोगको पदाधिकारीको भेटवार्तामा यस्तो प्रस्ताव गरिएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाले प्रधानमन्त्री दाहालसहित गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा यस्तो प्रस्ताव गरेका हुन् ।
प्रधानमन्त्री दाहालले तत्काल राष्ट्रियसभाको रिक्त रहेको एक पदमा उपनिर्वाचन गर्नको लागि तयारी थाल्न निर्देशन दिएका थिए ।
राष्ट्रियसभा सदस्यबाट एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि एक सिट रिक्त रहेको छ ।