काठमाडौं, १८ पुष । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आज (सोमबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आईस्पानले नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा रोकिने चेतावनी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आइएसपानका अध्यक्ष सुधीर पराजुलीले विद्युत प्राधिकरणले मोनोपोली देखाएरहे आफूहरु इन्टरनेट हड्ताल गर्न पनि पछि नपर्ने चेतावनी दिए । उनले इन्टरनेट जुनसुकै बेला अवरुद्ध हुनसक्ने चेतावनी दिए । उनले आफूहरुको तालाचाबी प्राधिकरणमा बुझाउने बताए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम