Logo

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनेबारे पुष २६ गते नै निर्णय गर्छौं : माधव नेपाल



काठमाडौं, २० पुष । नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने वा नदिने भनेर अहिले निर्णय नगरिएको बताएका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिने दिन पुष २६ गते नै निर्णय लिने बताए ।

आज (बुधबार) काठमाडौंमा आयोजित युवा संघ नेपालको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्ड नेतृत्वको सरकारको नीति तथा कार्यक्रम हेरेर समर्थन वा के गर्ने भन्नेबारे निर्णय लिने बताउँदै आएका छन् ।

नेकपा (एकीकृत समाजवादी) को हालै सम्पन्न भएका स्थायी कमिटी र पोलिटब्यूरो बैठकले पनि सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे कुनै निर्णय लिन सकेको थिएन । तर, प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निर्णय लिन सचिवालयलाई अधिकार प्रदान गरेको छ । Photo By: Mukunda kalikote/ReportersNepal.com



प्रतिक्रिया दिनुहोस्