काठमाडौं, २१ पुष । नेपाल विद्यार्थी संघले त्रिवि विद्यार्थी कल्याण परिषद्ले आगामी चैत्र छ गते स्ववियु निर्वाचन गर्ने प्रस्ताव गरेकोमा स्वागत गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आज फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै स्ववियु निर्वाचन गर्ने प्रस्तावको स्वागत गरेका हुन् । उनले स्ववियु निर्वाचनमा भाग लिन आफ्नो संगठन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्-
त्रि.बि.विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते स्ववियु निर्वाचन गर्ने प्रस्तावको नेपाल विद्यार्थी संघ हार्दिक स्वागत गर्दछ। विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्न र निर्वाचनमा भाग लिन नेविसंघ प्रतिबद्ध छ, आजै त्रि.बि का उपकुलपति ज्यू संग फोन संवाद गरेको छु स्ववियु चुनाव गर्ने भरोषायोग्य वातावरण तयार गर्न अनुरोध गरेको छु। मैले आज उपकुलपति ज्यु लाई विभिन्न बहानामा स्ववियु निर्वाचन भाँडीने विगतको नजिर लाई मध्यनजर गर्दै निर्णय प्रकृयामा सबै संगठनका अध्यक्षहरुले माइन्युटमा हस्ताक्षर गराउन र औपचारिक बैठकको आह्वान गर्न अनुरोध गरेको छु,ताकि कुनै पनि विद्यार्थी संगठन निर्वाचन बाट नभाग्ने प्रतिबद्धता तय गर्न सकोश , निर्वाचन कार्यतालिका अगावै त्रि.बि. ले सम्पुर्ण परिक्षाहरुको नतिजा तत्काल सार्वजनिक गर्न जोडदार माग गरेको छु र स्ववियु निर्वाचन को सुनिश्चितताको लागि गम्भीर बन्न सम्पुर्ण सरोकारवाला पक्षहरुसंग हार्दिक अपिल गर्दछु। जय नेपाल !