Logo

‘भ्यालेन्टाइन डेमा त बिदा पाउनुपर्छ भन्ने जमात तयार छ, पृथ्वी जयन्तीमा किन बिदा नदिने?’



काठमाडौं, पुस २३ । नेकपा (एमाले)का नेता तथा सांसद गोकुल प्रसाद बास्कोटाले सरकारलाई पुस २७ गते पृथ्वी जयन्ती बिदा दिन सुझाएका छन् । उनले राप्रपाले पृथ्वी जयन्ती बिदा दिन माग गरेको उल्लेख गर्दै सरकारले बिदा दिए हुने बताएका हुन् ।

बास्कोटाले नेपाल एकीकरणका आरम्भकर्ता पृथ्वीनारायणलाई सम्मान गर्दा राजतन्त्र नफर्कने भन्दै बिदा दिन सुझाएका हुन् ।

‘पृथ्वीजयन्ती पुष २७ मा राष्ट्रिय विदा दिने कुरा चल्दै गरेको र राप्रपाले माग गरेको सुनियो।त्यो सरकारले दिए हुन्छ,’ उनले सामाजिक संजाल ट्विटरमा लेखेका छन्, ‘यहाँ उस्तै परे फेवररी १४ (भ्यालेन्टाइन डे)मा त बिदा पाउनै पर्छ भन्ने ग्रुप तयार भैराछ । उनी त नेपाल एकिकरणका आरम्भकर्ता हुन,उनलाई सम्मान दिदैंमा राजतन्त्र फर्कने होइन।’

baskota



प्रतिक्रिया दिनुहोस्