एजेन्सी । सन् १९६८ मा निर्मित चलचित्र ‘रोमियो एण्ड जुलियट’मा अभिनय गरेका कलाकारहरुले उक्त फिल्ममा ‘नग्न दृश्य’ गराएको आरोपमा प्यारामाउन्ट पिक्चर्सविरुद्ध मुद्धा दर्ता गराएका छन्। यो मुद्धा अमेरिकामा दर्ता गरिएको छ।
उक्त चलचित्रमा अभिनय गर्ने कलाकारहरुले फिल्ममा नग्न दृश्य समावेश गराउनका लागि यौन दुर्व्यवहार र यौन उत्पीडन भोग्नुपरेको आरोप लगाएका छन्। प्यारामाउन्ट फिल्मको यो फिल्म फ्रान्को जाफ्रेलीले निर्देशन गरेका हुन्।
फिल्मका कलाकार लियोनार्ड ह्वाइटिङ र ओलिभिया हसीले यो फिल्ममा काम गर्दा क्रमश: १६ र १५ वर्षका थिए। हाल उनीहरु करिब ७० वर्षका भएका छन्।
दुवैले भनेका छनकि फिल्मको छायाङ्कन चलिरहेको बेला निर्देशक फ्रान्को जाफ्रलिनले नग्न दृश्य गर्न भनेका थिए।
जबकि उनले यसअघि आफूसँग यस्ता दृश्य नगर्ने ग्यारेन्टी दिएका थिए। दुवैले अहिले यसका लागि ५० करोड डलर क्षतिपूर्ति मागेका छन्।
उनले दायर गरेको मुद्दामा भनिएको छ, फिल्मका कारण दुबै कलाकार निकै भावनात्मक समस्यामा परेका थिए। उनले दशकौंसम्म मानसिक समस्यासँग संघर्ष गरे। फिल्मको प्रिमियम पछि उनले धेरै कम काम पाए।
तर प्यारामाउन्टले यस मुद्दामा आफ्नो तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।