Logo

अहिलेको अवसरलाई त्यसै खेर जान दिन्न– प्रधानमन्त्री प्रचण्ड



काठमाडौं, २७ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवसरलाई त्यसै खेर जान नदिने बताएका छन् । बुधबार वाइसियल केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अहिलेको अवसरलाई त्यसै खेर जान नदिन सरकारमा आवद्ध दल र पार्टी संगठनको पनि सहयोग आवस्यक रहेको बताएका हुन् ।

आफ्नो यो कार्यकालमा सरकार, पार्टी र सिंगो देशलाई सफल बनाउन सके इतिहासको लागि अविष्मरणीय हुने उनले बताए । साथै अहिलेको अवसरलाई सुशासन दिएर भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा कठोर रुपमा अगाडि बढाएर सम्बोधन गर्नुपर्ने उनले बताएका छन् ।
‘यो अवसरलाई वाईसियललाई बलियो बनाउने कुरामा सदुपयोग गर्नुछ। सुशासन दिएर भ्रष्टाचार नियन्त्रण गर्ने कुरालाई कठोर रुपमा अगाडि बढाएर सम्बोधन गर्नुछ,’ उनले भने ।

साथै, आफू यसपटक सजिलै नभएर प्रतिक्रियावादीको घेराबन्दी तोडेर आफू प्रधानमन्त्री बन्न सफल भएको उनले दाबी गरे ।‘प्रतिक्रियावादीका धेरै घेराबन्दीहरुलाई तोडेर यहाँ आइपुगेको हो। सजिलैसित आएको होइन । हामीले विगतमा जसरी घेरा तोड्ने र प्रतिरोध गर्ने रणनीतिक बनाउँथ्यौं । आज पनि घेरा तोड्ने र प्रतिरोध गर्ने प्रक्रियाबाटै यो सफलता प्राप्त भएको हो,’ उनले भने । माओवादीले सुरु गरेका कतिपय राम्रा काम विभिन्न कारणले पुरा हुन नसकेको र आगामी दिनमा त्यसलाई पुरा गर्ने संकल्प साथ लाग्न पनि प्रचण्डले निर्देशन दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्