Logo

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्माले दाबी पेश गर्दै



काठमाडौं, २७ पुष । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता राजकुमार शर्माले दाबी पेश गर्ने भएका छन् । प्रदेश प्रमुखको कार्यालयले सरकार गठनका लागि दाबी पेश गर्न आजसम्मको समय तोकेको छ । प्रदेश प्रमुख तिलक परियारले आज बेलुकी पाँच बजेसम्मको समय दिएर प्रदेश सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले तोकेको समयभित्रै बहुमत जुटाएर माओवादी केन्द्रका संसदीय दलका नेता शर्माले दाबी पेश गर्ने तयारी भइरहेको बताइएको छ ।

कर्णालीमा सत्ता साझेदार दल एमालेले भने आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्न पाउनु पर्ने शर्त राखेको छ । हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार दलका नेता यमलाल कँडेललाई दिएको छ । केन्द्रीय सत्ता समीकरणमा कर्णालीको नेतृत्व पाँचै वर्ष माओवादीले गर्ने सहमति भएपनि कँडेलले आलोपालो सरकारको सहमति हुनुपर्ने माग राखिरहेका छन् । कूल ४० सदस्यी कर्णाली प्रदेश सभामा सरकार बनाउनका लागि कम्तिमा २१ सांसदको समर्थन आवस्यक पर्छ । कर्णालीमा माओवादीको १३, एमालेको १०, राप्रपाको १ गरी सत्ता गठबन्धनमा २४ सिट रहेको छ ।



प्रतिक्रिया दिनुहोस्