Logo

उपनिर्वाचनका लागि दुई दलको निवेदन



काठमाडौं, पुस २८। राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उपनिर्वाचनमा भाग लिन अहिलेसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् । दल दर्ताका लागि निर्वाचन आयोगले आज सम्मको समयसीमा निर्धारण गरेको छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अधिकृत मधुकर पोखरेलका अनुसार नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले उपनिर्वाचनमा भाग लिन निवेदन दिएक छन् । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आगामी माघ २५ गते निर्वाचन हुँदैछ ।

लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो । राष्ट्रिय सभाबाट राजीनामा गरेर प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन उम्मेदवारी दिएका भट्टराईको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्