Logo

चन्द्र भण्डारीले किन सेयर गरे यस्तो तस्विर ?



काठमाडौं, २८ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. चन्द्रकान्त भण्डारीले नेपालको लोकतन्त्र व्यवहारमा लुटतन्त्रमा परिणत हुँदै आएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत भण्डारीले आज यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले राज्यका विभिन्न अंगमा निष्ठा, मूल्य, मान्यता र नैतिकता कमजोर बनेको पनि उल्लेख गरेका छन् ।

उनले बाँदरले इस्कुस मुखमा राखेको, हातमा लिएको तस्विर सेयर गर्दै लेखेका छन्–

कुनै पनि दर्शन निश्चित कालखण्डकालागि उपयोगी हुन्छ र समयको प्रवाह सँगै परिवर्तित हुँदै जान्छ साथै लोकल फ्लेवरले गर्दा त्यसमा केही परिवर्तन आउँनु स्वाभाविक हो। नेपालको लोकतन्त्र व्यवहारमा लुटतन्त्रमा परिणत हुँदै आएको छ । राज्यका विभिन्न अंगमा निष्ठा मुल्य मान्यता नैतिकता कमजोर बनेकै छन । आफ्ना अनुकुलका तर्क एवम कुतर्क जे पनि तेर्स्याउने गरिन्छ ।

तर्क-कुतर्कको भारी बोक्ने भरियाको कमी कतै पनि छैन ।विगतमा महाभूल कमी कमजोरी र गल्ती भएका छन अहिलेको गल्ती ठूलो रोगलाई रोक्नका लागि औषधी खुवाउन खोजिएको मात्र हो । हेरौं र पर्खौ । मृत्यु त कस्ले रोक्न सक्छ र ?

जय नेपाल !!! सामाजिक सन्जालबाट प्राप्त तस्विर !



प्रतिक्रिया दिनुहोस्