Logo

देशले आज तेस्रो महिला परराष्ट्रमन्त्री पाउँदै, को हुन मन्त्री हुने तेस्रो महिला ?



काठमाडौं, माघ ३ । नेकपा (एमाले) की राष्ट्रिय सभा सदस्य विमला पौडेल राई परराष्ट्र मन्त्री बन्ने भएकी छन्। पौडेलले आज दिउँसो सपथ लिन लागेकी छन्।

उनी नेपालको इतिहासमा परराष्ट्र मन्त्री हुने तेस्रो महिला हुन्। यसअघि नेपाली कांग्रेसकी सुजाता कोइराला र नेकपा (एमाले) की सहाना प्रधान परराष्ट्र मन्त्री भएकी थिइन्। २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य बनेकी पौडेल

२०७४ सालमा राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्