Logo

सभामुख र राष्ट्रपतिमा कांग्रेसको उपस्थितिले जनमतको प्रतिनिधित्व हुन्छ– विश्वप्रकाश शर्मा



काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सभामुख र शीतल निवासमा कांग्रेसको उपस्थिति भएमा मात्रै जनताको मतको कदर हुने बताएका छन् ।

बिहिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले शक्ति सन्तुलनका लागि पनि सभामुख र राष्ट्रपतिको जिम्मेवारीमा कांग्रेसबाट प्रतिनिधित्व हुन पर्ने बताएका हुन् ।

‘सभामुख र शीतल निवासमा हाम्रो उपस्थितिले जनताको मतको पनि प्रतिनिधित्व हुन्छ। त्यसबाट शक्ति सन्तुलन पनि हुन्छ,’ उनले भने । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिँदा कांग्रेसले कुनै स्वार्थ नराखेको र केपी ओलीले भनेजस्तो कुनै प्रकारको ढोक्सा पनि नभएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्