Logo

संसद सरकारको कठपुतली बन्यो– अमरेश कुमार सिंह



काठमाडौं, ५ माघ । स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अहिलेकै अवस्थामा नेपाली राजनीति अगाडि बढे यो व्यवस्था धेरै समय नटिक्ने टिप्पणी गरेका छन् ।

बिहिबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको व्यवस्थामा पनि समावेशीताको धज्जी उडाइएको भन्दै यसरी नै राजनीति अगाडि बढे यो व्यवस्था लामो समय रहन नसक्ने बताएका हुन् । अहिलेको राजनीतिक अवस्था संविधानको आधारमा र कुनै पनि राजनीतिकशास्त्रको सिद्धान्तमा मेल नखाने उनले बताए ।

‘२०६३ को आन्दोलन समावेशिताको लागि थियो । मैले सोचेको थिए सभामुखको कुर्चीमा कुनै दलित विराजमान होला, मैले सोचेको थिए राष्ट्रपतिको कुर्चीमा कुनै जनजाति विराजमान होला, प्रधानमन्त्रीको कुर्चीमा कुनै मधेशी विराजमान होला । समावेशीताको धज्जी उडाइयो,’ उनले भने । संसद प्रतिपक्षको नभएर सरकारको कठपुतली बन्न पुगेको उनले दाबी गरे । सभामुख पद पनि दलभन्दा माथि राख्न पर्ने उनको धारणा छ ।

साथै, सत्ता गठबन्धनबाट सभामुखको उम्मेदवार बनेका देवराज घिमिरेलाई विश्वासको मत दिने पनि उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस्