Logo

माधव नेपालसँग ओलीको ठट्टा



काठमाडौं, ६ माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल सार्वजनिक कार्यक्रममा एकले अर्कोलाई आलोचना गर्ने गर्छन् । तर, आज (शुक्रबार) सभामुख देवराज घिमिरेको शितलनिवासमा आयोजित सपथग्रहणमा भने दुवै नेताबीच सौहार्दपूर्ण रुपमा वातचित भएको छ ।

पूर्व प्रधानमन्त्रीहरुलाई बस्न छुट्याईएको लहरमा ओली र नेपाल सँगै बसेका थिए । सो क्रममा ओलीले माधव नेपालसँग भलाकुसारी गरेका थिए । उनले ‘ओहो, हामी त सँगै परेछौं’ भनेर ठट्टा गरेको सँगै रहेका बाबुराम भट्टराईले खुलासा गरेका थिए । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको सपथग्रहणमा पनि दुई नेताबीच कुराकानी भएको थियो ।

ओलीले नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । नेकपा विभाजनपछि एमाले र माओवादी अलग अलग भएका थिए । तर, माधव नेपाल एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठन गरेर अघि बढेका छन् । अहिले राजनीतिक रुपमा ओली र नेपालबीच छेडछाड चल्ने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्