काठमाडौं, ६ माघ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश-१ र सुदूरपश्चिम प्रदेश भिड्ने भएका छन्।
आज भएको सेमिफाइनलमा एपीएफलाई ८ विकेटले हराउँदै प्रदेश १ फाइनलमा पुगेको हो। आजै भएको पहिलो सेमिफाइनलमा खेलमा मधेस प्रदेशलाई १ सय १४ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो।
फाइनल खेल भोलि हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन्।