Logo

साभामुख घिमिरेद्वारा आह्वान गरिएको सर्वदलीय बैठक सुरु



काठमाडौं, ७ माघ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा सुरु भएको हो । घिमिरे सभामुख बनेपछि उनले पहिलो पटक बैठक बोलाएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा (माओवादी) केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

साथै, आजै प्रतिनिधिसभाको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुने कार्यतालिका हरेको छ । प्रतिनिधिसभा बैठकअघि सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्