Logo

अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौती हो– विष्णु पौडेल



काठमाडौं, ७ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले मुलुकको आर्थिक सामथ्र्य राम्रो बनाउन सबैको साथ चाहिएको बताएका छन् । शनिबार कृषि विकास बैंकको वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले मुलुकमा आर्थिक चुनौति खडा भएको र सरकारलाई सबैको साथ चाहिएको बताएका हुन् ।

गत वर्षको तुलनामा अहिले कम राजश्व संकलन भइरहेको पनि उनले बताए । नेपालको अर्थतन्त्र ठीक ठाउँमा ल्याउन मितव्ययता, खर्च र सुविधाको कटौती गर्नुपर्ने पनि उनले बताए । अबको प्राथमिकता अनुत्पादक क्षेत्रको खर्च कटौति भएको उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्