Logo

सुपर ६ क्रिकेट टुर्नामेन्टको मेयर यादवले गरे उदघाटन



बखतियार अलि

सर्लाही, माघ ८। डिसहोमको आयोजनामा हुन लागेको सुपर ६ क्रिकेट टुर्नामेन्टको मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले आफै क्रिकेट खेलेर उदघाटन गर्नु भएको छ ।

सर्लाही जिल्लामा रहेका ८ वटा बैंकंहरुले सुपर ६ क्रिकेट टुर्नामेन्टमा प्रतिस्पर्धा गर्ने डिसहोम सर्लाहीका अधिकृत डिलर सुभाष कुमार गुप्ताले जनाएको छ ।

सहारा मल्टी पर्पस सहकारी संस्था, राजश्री सेविग्स एण्ड क्रेडिट कोपरेटिभ सोसाईटी लिमिटेड, द सहारा सहकारी संस्था लि. सिभिल बैक शाखा मलंगवा, कुमारी बैंक शाखा मलंगवा त्यस्तै एनएमबी बैकले सुपर ६ क्रिक्रेट टुर्नामेन्टमा प्रतिस्पर्धा गर्ने अधिकृत डिलर सुभाष कुमार गुप्ताले बताए ।

डिसहोमका मधेश प्रदेशका सेल्स एजुकेटिभ राजेश ढुगेलको बिशिष्ठ आतिथ्यतामा मलंगवा नगरका नगर प्रमुख यादवले मलंगवा वार्ड नं. २ स्थित कवडहलमा रिबन काटेर क्रिक्रेट प्रतियोगिताको उदघाटन गर्दै डिसहोमले आयोजना गरेको बैकर्सहरुको यो प्रतियोगिताले बैंकका कर्मचारीहरुको मनोबल बढने साथै स्वास्थ्य स्फुर्तीमा पनि सुधार हुने भएकोले आयोजक डिसहोमलाई प्रमुख यादवले धन्यवाद दिदै खेलको प्रशंसा गर्नु हुदै सबै सहभागिहरुलाई जितको शुभकामना समेत दिए ।

दुई दिन सम्म चल्ने सुपर ६ क्रिक्रेट प्रतियोगिता ६ ओभरको हुने आयोजकले जनाएको छ । उदघाटन कार्यक्रममा मलंगवा वडा नं. ८ का वडाअध्यक्ष मुकेश जयसवाल, क्रिक्रेट संघका संतोष दास, जेसिज स्कुलका ईश्वरी श्रेष्ठ लगायत सहारा मल्टी पर्पस सहकारी संस्थाका प्रबन्ंधक शुनिल गुप्ता साथै सहभागि बैंकहरुका कर्मचारी तथा शाखा प्रबन्धकहरुको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्