Logo

प्याउलीमा अरुण बहुमुखी क्याम्पस चलाउन काठमाडौंमा छलफल



काठमाडौं, ८ माघ । भोजपुरको अरुण गाउँपालिकामा अरुण बहुमुखी क्याम्पस सञ्चालन गर्न काठमाडौंमा वृहत्त छलफल गरिएको छ । अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजमा वृहत्त छलफल भएको हो । अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीलगायतको पहलमा भएको छलफलमा अरुण बहुमुखी क्याम्पस सञ्चालनका लागि आवश्यक स्रोत जुटाउन ख्याती प्राप्त व्यक्तिसहित सम्मिलित वृहत्त समिति बनेको छ । स्नातक तहमा तत्काल शिक्षा र व्यवस्थापन संकाय सञ्चालन गर्ने गरी अरुण बहुमुखी क्याम्पस सञ्चालनमा ल्याउन पहल थालिएको हो । शारदा मावि प्याउलीले अर्को व्यवस्था नभएसम्म भवन उपलब्ध गराउने भएको छ ।

प्रदेश १ का पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई,माननीय विनोद वान्तवा,उमेशजंग रायामाझी, कान्तिपुर सिटी कलेजका सञ्चालक मिना खत्री कार्की, डा.प्रल्हाद कार्की, प्राडा प्रेम खत्री, शरद खत्री, डिल्ली सापकोटा, सोमनाथ कोइराला, पुण्य पराजुली,देवीप्रसाद घिमिरे प्रेम सापकोटालगायत उक्त छलफलमा सहभागी भएका थिए ।



प्रतिक्रिया दिनुहोस्